कलैया,ओमबिनायक ट्राभल्स कलैयाले थप दुई वटा सुविधा सम्पन्न र नयाँ बस संचालनमा ल्याएको छ ।विगत ५० बर्षदेखि बस व्यवसाय संचालन गर्दै आएको ओम बिनायक ट्राभल्सले आधुनिक सुबिधा सम्पन्न थप दुई वटा बस संचालनमा ल्याएको हो ।

कलैया वीरगञ्ज हुदै काठमाडौ र वीरगञ्ज नारायणघाट रुटमा बस संचालन गर्दै आएको ओम बिनायकले टाटा कम्पनीको एलपिओ १५१५-५५ बिएस ४ ब्राण्डको आधुनिक सुबिधा सम्पन्न बस संचालनमा ल्याएको ओम बिनायक ट्राभल्सका संचालक अच्युत पौडेलले जानकारी दिनुभयो ।
वीरगञ्ज बहुअरीस्थित सिप्रदी प्रा.लि.मा शुक्रवार एक कार्यक्रमको बीच ५० वटा बैलुन उडाएर बसको शुभारम्भ गरिएको थियो ।बारा क्षेत्र नम्बर १ का सांसद एवं एमालेका पोलिटव्युरो सदस्य अच्युत मैनाली, पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, बाराका सहायक प्रमुख जिल्ला अधिकारी छबिरमण भट्टराई, ट्राफिक कार्यालय मधेश प्रदेश पथलैयाका ट्राफिक प्रहरी उपरिक्षक भिमकिरण बोगटी, पर्साका एसपी गौतम मिश्र, नायारायण्ी यातायात व्यवसायी संघका अध्यक्ष हिरालाल श्रेष्ठलगायत उपस्थित अतिथिले बैलुन उडाएर बसको शुभारम्भ गरेका थिए ।

















