वीरगन्ज,वीरगन्ज महानगरपालिकाले आगामी आर्थिक बर्षमा १५ करोडको लागतमा बाँध निर्माण गर्न शुरु गर्ने भएको छ । वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजयकुमार सरावगीले भेडाहा खोलाले कटान गरी क्षति पु¥याएको ग्रामीण क्षेत्रका वडाहरुमा मंगलबार स्थलगत अनुगमन निरीक्षण गरी आगामी आर्थिक वर्षमा कटान रोक्न बाँध निर्माण गरिने बताउनु भएको हो । महानगरपालिकाको वडा नम्बर २७, २८, २९, ३० र ३१ गरी पाँच वटा वडामा भेडाहा खोलामा आएको बाढीले बर्सेनी खेतीयोग्य जमिन कटान गर्ने गरेको छ । भेडाहा खोलाको कटान नियन्त्रणका लागि महानगरपालिकाले २५ करोडको लागतमा आगामी आर्थिक वर्ष २०७८÷०७९ मा स्थायी बाँध निर्माण शुरु गरिने महानगरपालिकाका प्रमुख सरावगीले जानकारी दिनुभयो । बाँध निर्माणका लागि बजेट समेत विनियोजन भईसकेको उहाँले बताउनुभयो । हरेक बर्ष भेडाहा खोलामा आएको बाढीले सयौं विगाहा खेतीयोग्य जमिन कटान गर्ने गरेकोले स्थायी बाँधका लागि महानगरपालिकाले बजेट छुट्याएको नगर प्रमुख सरावगीले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here