पछिल्लो समयमात्र होइन, नेपालमा त पछिल्लो पुस्ता नै मौलिक कुराहरुप्रति बेखर जस्तै देखिन थालेको छ । उनीहरुलाई मौलिक कुराप्रति न चासो छ न त त्यसको महत्वप्रति पर्याप्त ज्ञान नै छ ।जनस्वास्थ्य र जनहितका काममा नयाँ पुस्ता एकदमै उदासिन बन्दै गइरहेको बेलामा कम्तीमा स्थानीय सरकारहरु भने यस विषयमा केही सचेत बन्नथालेको देखिएको छ । वास्तवमा दुध, दही, मोही भनेका नेपालीका लागि अर्गनिक खाद्य पदार्थहरु हुन् । हाम्रा पूर्खा यही दुध, ध्यू अनि दही र मोही खाएर वर्षौ बाँचेका थिए र बाँचिरहेका छन् ।

पछिल्लो समयमा नेपालीको भान्छामा अर्गानिक खानेकुराभन्दा पनि बढी बिषादी र विभिन्न केमिकल हालेर बनाएको खानेकुरा हाबी भएपछि त नयाँ पुस्ताका लागि मोही भन्ने कुरा एका देशको कथा जस्तो बन्दै थियो ।बाराका केही स्थानीय पालिकाहरुले आफ्नो पालिकामा सेवा लिन आउने र भेटघाटमा आउनेहरुका लागि अर्गानिक खाना मोही खुवाउने निर्णय गरेका छन् । पछिल्लो समय बाराको निजगढ नगरपालिका र जीतपुरसिमरा उपमहानगरपालिकाले यस्तो निर्णय गरेका हुन । यो निर्णय एकदमै सहनीय छ । विभिन्न रसायनिक मिसाएर बनाइएको पेय पदार्थ तुलनामा मोहीको कयौं फाइदा छन् । यो चैं चिकित्सकहरुले नै प्रमाणित गरेको कुरा भएकाले पनि मोहीको सेवनमा चिन्ता गर्नुपर्ने अवस्था छैन ।

त्यसैले स्थानीय सरकारहरुले लिएको यो नीति निकै महत्वपूर्ण र सहनीय पनि छ । अब हरेक नेपालीले घरघरमा अन्य हानीकारक पेय पदार्थको सट्टा दही र मोही जस्ता खाद्य पदार्थहरुको प्रयोग गर्न आवश्यक छ । निजगढ नगरपालिकाले स्थानीय किसानको आयआर्जनमा टेवा पु¥याउने उद्देश्यसहित शुरु गरेको यो अभियान देशभरिका सबै स्थानीय तहले अनुशरण गर्न आवश्यक छ ।

Leave a Reply