दार्चुला २५ भदौ । धनगढीबाट राहत सामग्री बोकेर सेनाको हेलिकप्टरमार्फत उद्योग तथा वाणिज्य मन्त्री दीलेन्द्रप्रसाद बडू, सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रणबहादुर रावल, सुदूरपश्चिम प्रदेशका वन वातावरण उद्योग तथा पर्यटनमन्त्री मानबहादुर धामीसहितको टोली सदरमुकाम खल· पुगेको छ ।

शुक्रबार राति परेको अविरल वर्षाका कारण पहिरामा परी ज्यान गुमाउनेको पहिचान खुलेको छ । त्यसमध्ये सनाखत हुनेमा महाकाली नगरपालिका–२ मुल्ला ७७ वर्षीय नन्दराम बोहरा, महाकाली–३ डुङ्री बस्ने ३५ वर्षीया मानमती कार्की रहेका छन् भने नौगाड गाउंपालिका वडा नं १ बस्ने ३५ वर्षीया जानकी ठगुन्ना, १५ वर्षीया धनुली ठगुन्ना र ४५ वर्षीय मोहनराम पार्की रहेका छन् ।

पहिरामा परी घाइते भएका नौगाड गाउंपालिकाका रामसिंह ठगुन्ना, वीरा ठगुन्ना, फागुली ठगुन्ना र जयबहादुर ठगुन्नालाई सुर्खेतबाट आएको नेपाली सेनाको हेलिकप्टरमार्फत जिल्ला अस्पताल पु¥याएर उपचार भइरहेको छ भने २० वर्षीया सुत्केरी हरिना महरको जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि नेपाली सेनाको हेलिकप्टरमार्फत धनगढी पठाइएको सहायक प्रमुख जिल्ला अधिकारी हेमन्ती साउदले जानकारी दिनुभयो ।

बाढी पहिरामा परी मृत्यु हुनेमा तीन जना महिला र दुई जना पुरुष गरी पांच जना रहेका छन् । घाइते हुनेमा तीन महिला र पांच पुरुष गरी जम्मा आठ जना रहेका छन् । बाढी पहिरामा अहिलेसम्म चार महिला र छ पुरुष गरी १० जना बेपत्ता भएका छन् । बेपत्ताको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अविरल वर्षाका कारण पहिरामा पुरिएर दुई सय ६३ पशुचौपायको मृत्यु भएको छ ।

महाकाली नगरपालिका ब·ाबगरस्थित पार्किङमा रोकेर राखेको अवस्थामा जीप छ, कार एक, ट्र्याक्टर एक, स्काभेटर एक गरी जम्मा नौ वटा सवारी साधन बेपत्ता भएका छन् ।

त्यस्तै ४२ घरमा पूर्ण क्षति भएको छ भने नौ वटा घरमा आंशिक क्षति भएको छ । चालीस घर अझै जोखिममा रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी लोकेन्द्रबहादुर सिंहले बताउनुभयो ।

महाकाली–३ मा रहेको दशरथ आधारभूत विद्यालय समेत बगाएको छ । बाढीले महाकाली–३ मा रहेको डु·्री विद्युत् पावर हाउसमा पनि पूर्ण रूपले क्षति भएको छ । झोलु·े पुल दुई र मोटरेवल पुल एक गरी जम्मा तीन पुलमा पूर्ण क्षति भएको छ । सदरमुकाम खल·ामा खानेपानीको समेत हाहाकार मच्चिएको छ ।

स्थानीय बलवीर ठगुन्नाका अनुसार बिहानदेखि खानेपानीको निकै समस्या भएको र नेपाली सेनाले ब्यारेकबाट खानेपानी सहज गरिदिएको बताउनुभयो । घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले विपद्मा परेकाको उद्धार र बेपत्ता भएकाको खोजी कार्य जारी राखेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here