वीरगन्ज,जनता समाजवादी पार्टी (जसपा) का राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले गठबन्धनमा उपेक्षा गरिए जसपा एक्लै चुनाव लड्न तयार रहेको बताउनुभएको छ । वीरगन्जमा बुधबार जसपाको अगुवा कार्यकर्ता भेलालाइ सम्बोधन गर्दै अध्यक्ष गठबन्धनको बैठकमा सिट बाडफाडको छलफल हुदा जसपालाइ उपेक्षा गरिएको जस्तो महशुस भएको र यस्तो उपेक्षा गरियो भने जसपा एक्लै चुनाव लड्न तयाररहेको बताउनुभयो ।यादवले जसपाको हैसियत अनुसार सिट बाडफाँड नगरिए एक्लै चुनाव लड्ने उद्घोष गर्दै त्यहि अनुसारको तयारीमा लाग्न नेता कार्यकर्तालाइ निर्देशन पनि दिनुभयो । आफुहरु गठबन्धनको विरोधी नभएको प्रस्ट्याउदै उहाँले अहिलेको गठबन्धनलाइ निरन्तरता दिनु पर्ने आजको आवश्यकता भएको बताउनुभयो ।अध्यक्ष यादवले आगामी निर्वाचनमा संघीयता र गणतन्त्र विरोधी प्रतिगमनकारी शक्तिलाइ जसरी भएपनि परास्त गर्नु पर्ने पनि बताउनुभयो । आगामी निर्वाचनमा संघीयता र गणतन्त्रका पक्षधरहरु पराजित भए प्रतिगमनकारी शक्तिले संघीयता र लोकतन्त्रलाइ समाप्त पार्ने र मधेस फेरि गुलाम (नोकर) बन्ने खतरा रहेको यादवले बताउनुभयो । संघीयता र गणतन्त्रको जननी मधेसी दल रहेको दाबी गर्दै उनले मधेस विद्रोहकै कारण मुलुकमा संघीयता र गणतन्त्र आएको बताउनुभयो । जसपा पर्साका अध्यक्ष रामनरेश प्रसाद यादवको अध्यक्षतामा भएको अगुवा कार्यकर्ता भेलालाइ जसपाका राजनीतिक समिति सदस्यहरु हरिनारायण रौनीयार, देवेन्द्र मिश्रा , बालकिशोर यादव ,मोहन चौधरी , केन्द्रिय सदस्य करिमा बेगम , सलमा खातुन ,जिल्ला इन्चार्ज सिंहासन साह कलवार लगायतकाले पनि सम्बोधन गरेको जिल्ला सचिव तबरेज अहमदले जानकारी दिनुभयो ।

Leave a Reply