दिपेन्द्र जयसवाल
गन्जभवानीपुर,एभरेष्ट फुटबल एकेडेमी सर्लाही मेयर कप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।दोस्रो सेमिफाइनल खेलमा एनवाईसी क्लब चितवनलाई ५-३ ले पराजित गर्दै एभरेष्ट फाइनलमा प्रवेश गरेको हो ।बाराको महागढीमाई नागरपालिका वडा नम्बर ५ स्थित बगडमपुरको श्रीबौधीमाई रंगशलामा फुटबल प्रतियोगिता आयोजना भइरहेको छ । मेयर कप महागढीमाई नगरपालिकाको आर्थिक सहयोग र लियो क्लब अफ गंजभवानीपुर बाराको आयोजनामा गरिएको हो ।सेमिफाइनल खेलमा आयोजक क्लबका अध्यक्ष चन्दन साह सोनार, वडा नम्बर ५ का अध्यक्ष गजेन्द्रकुमार जयसवाल, नेपाली काँग्रेस जिल्ला कार्यसमितिका महासचिव राजेश रौनियार, सञ्चारकर्मी खेलप्रेमीहरु र दर्शकहरु, समाजसेवीलगायतको उलेखनीय उपस्थिति रहेको थियो ।

Leave a Reply