नरेश गुप्ता
बरियारपुर,जिल्ला प्रहरी कार्यलय बाराले वहुबिवाह र चोरी मुद्दाका फरार ३ जना प्रतिवादीलाई पक्राउ गरेको छ । बारा जिल्ला अदालतको फैसला कार्यान्वनयनको सिलसिलामा प्रहरीले कलैया उपमहानगरपालिका १४ निवासी रामबाबु माझी र मिना माझीलाई पक्राउ गरेको बाराका प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिनुभयो । उनीहरुमाथि अदालतले वहुबिवाह मुद्दामा २०७४ कार्तिक १२ गते १ वर्ष कैद र पाँच हजार जरिवाना फैसला गरेको थियो ।
त्यसैगरी चोरी मुद्दामा २०५९ जेठ ८ गते अदालतको फैसला आदेशले एक वर्ष ७ महिना १८ दिन कैद फैसलापछि फरार रहेका कलैया उपमहानगरपालिका वडा नम्बर ११ निवासी अब्दुल रहिमलाई पनि प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेको तीनै जनालाई समानित बारा जिल्ला अदालतमा पेश गरिएकोमा उनीहरुलाई वीरगन्ज कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यलय बाराले जनाएको छ ।