राज कुमार यादव
मौलापुर,रौतहटमा नर्सिङ पढ्ने एक जना छात्रा बिहीवार छात्रावासको बाथरुममा मृत फेला परेकी छिन् ।बाराको विश्रामपुर घर भएकी १८ वर्षीय छात्रा सुमनकुमारी बैठा मृत अवस्थामा फेला परेकी हुन् । रौतहटको माधवनारायण नगरपालिका ३ स्थित गजेन्द्र नारायण स्मृतिअस्पतालको होस्टेलको बाथरुममा उनी मृत अवस्थामा फेला परेकी हुन् ।डिप्लोमा फार्मेसी पहिलो वर्षमा अध्ययनरत बैठा छात्रावासको बाथरुममा पासो लगाई झुन्डिएको अवस्थामा मृत भेटिएको रौतहटका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक डिएसपी दीपककुमार रायले जानकारी दिनुभयो ।घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको र अनुसन्धानपछि मात्र आत्महत्या वा हत्या भन्ने कुरा खुल्ने डिएसपी रायले बताउनुभयो ।



















