सिम्रौनगढ,बाराको सिम्रौनगढस्थित नापी र मालपोत कार्यालयमा कर्मचारीहरुको साटो लेखन्दासले नै कार्यालयको काम गर्ने गरेको पाइएको छ ।जिल्ला प्रशासन कार्यालय बाराले सोमवार गरेको छड्के अनुगमनमा कार्यालयमा यस्तो लापरबाही हुने गरेको पाइएको छ ।

जिल्ला प्रशासन कार्यालय बारा प्रशासन शाखाका नायब सुब्बा रत्नबहादुर स्याङतानको नेतृत्वमा खटिएको अनुगमन टोलीले सिम्रौनगढका दुबै कार्यालयमा छड्के अनुगमन गरेको थियो ।अनुगमनको क्रममा मालपोत कार्यालय सिम्रौनगढमा चरम लापरबाही देखिएको अनुगमन टोलीले जनाएको छ। केही कर्मचारीहरूले नेपाल सरकारद्वारा तोकिएको पोशाक नलगाएको,बिदा स्वीकृति नगरी कार्यालयमा अनुपस्थित रहेको र लेखापढी व्यवसायीहरूलेसिधै कार्यालयभित्र प्रवेश गरी काम कर्मचारीहरुको समेत काम गरिरहेको र कार्यालयद्वारा प्रदान गरिदै आएको सेवाको स्तर न्यून रहेको पाइएको जनाइएको छ ।

त्यसैगरी नापी कार्यालय सिम्रौनगढका कार्यालय प्रमुख तथा नापी अधिकृत रामकैलाश महतो जेठ १८ गतेदेखि कार्यालयमा अनुपस्थित रहेको पाइएको प्रशासन शाखाका नायब सुब्बा स्याङतानले जानकारी दिनुभयो । कार्यालय प्रमुख महतोको अनुपस्थितिका कारण कार्यालयको नियमित काममा ढिलासुस्ती भएको भन्दै सेवाग्राहीहरू गुनासो गर्दैआएका थिए ।

Leave a Reply