सिमरा,सुमोको ठक्करबाट गम्भीर घाइते भएका सिरमस्थित हुलास स्टील कारखानामा कार्यरत सुरक्षागार्डको उपचारका क्रममा बिहीवार साँझ निधन भएको छ । हुलास स्टील अगाडि बिहिवार साँझ सुमोले ठक्कर दिदा घाइते भएका जीतपुरसिमरा १६ का दीपकराज मैनालीको उपचारका क्रममा निधन भएको हो ।

वीरगन्जस्थित बयोधा अस्पतालमा उपचारका क्रममा मैनालीको निधन भएको ईलाका प्रहरी कार्यालय सिमराले जनाएको छ । काठमाण्डौबाट कलैयातर्फ जादै गरेको ना १ झ ८८०६ नम्बरको सुमोले ठक्कर दिदा तिघ्रामा गम्भीर चोट लागेको थियो ।

मैनालीको उच्च रक्तस्रावका कारण निधन भएको चिकित्सकले जनाएका छन् । खाना खान भनेर उद्योगबाट निस्किएका मैनालीलाई सुमोले ठक्कर दिएपछि सिमरास्थित अल्पाईन अस्पतालमा उपचारपछि वीरगन्ज लगिएको थियो ।

मैनालीलाई ठक्कर दिने सुमो र चालकलाई ईलाका प्रहरी कार्यालय सिमराले नियन्त्रणमा लिएको छ ।

Leave a Reply