कलैया,बाराको बिश्रामपुर गाउँपालिका वडा नम्बर ५ इटियाहीस्थित बारा डिस्टिलरी प्रालिमा सोमवार दिउँसो आगलागी भएको छ । पर्सा वीरगञ्ज महानगरपालिका वडा नम्बर १५ का अजयकुमार प्रजापतिले सञ्चालन गरेको मदिरा उत्पादन गर्ने उद्योगमा आगलागी भएको हो ।

बिजुलीको तार सर्ट भई आगलागी हुँदा उद्योगमा रहेका सामग्रीहरू रूपमा जलेर नष्ट भएका छन् । प्रारम्भिक अनुमानअनुसार आगलागीबाट २६ लाख ६८ हजार बराबरको क्षति भएको बताइएको छ ।आगलागीको जानकारी पाएलगत्तै घटनास्थलमा प्रहरी चौकी मुसहर्वा र ईलाका प्रहरी कार्यालय प्रसौनीबाट प्रहरी टोली घटनास्थल पुगेको थियो । ईलाका प्रहरी कार्यालय प्रसौनीका प्रहरी नायब निरीक्षक भाग्यनारायण साहको कमान्डमा आठ र प्रहरी चौकी मुसहर्वाबाट ६ जनाको प्रहरी टोली आगो नियन्त्रणमा खटिएकोथियो ।

प्रहरी, दमकल र स्थानीयवासीको सक्रियतामा करिब डेढ घण्टापछि साँझ ५ः३० बजे आगो पूर्णरूपमा नियन्त्रणमा आएको बारा प्रहरीले जनाएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान जारी राखेको जनाएको छ ।

Leave a Reply