कलैया,जीतपुर र कलैयामा बुधवार बिहान धार्मिक सामाजिक सद्भाव ¥याली निकालिएको छ । कलैयामा जिल्ला प्रशासन कार्यालय बाराको अगुवाइ र जीतपुरमा स्थानीय धार्मिक सङ्घसंस्थाको आयोजनामा सद्भाव र्याली निकालिएको हो ।
जिल्ला प्रशासन कार्यालय परिसरबाट निकालिएको सद्भाव ¥यालीले कलैया बजार क्षेत्र परिक्रमा गरेको थियो । रौतहटको ईशनाथ नगरपालिका फाल्गुन ३ गते दुई पक्षबीच भएको झडपको विषयलाई लिएर केही व्यक्तिहरुले सामाजिक सद्भाव बिथोल्ने प्रयास गरिरहेको भन्दै प्रशासनको अगुवाइमा सद्भाव र्याली निकालिएको हो ।

सामाजिक एकता र सद्भाव कायम रहेको सन्देश दिन निकालिएको ¥यालीमा विभिन्न राजनीतिक दलका नेतृत्व तथा प्रतिनिधि, जनप्रतिनिधि, धार्मिक तथा सामाजिक सङ्घसंस्थाका प्रतिनिधि, सुरक्षाकर्मी, कर्मचारी, शिक्षक, खेलाडी, स्थानीयलगायतको उपस्थिति रहेको थियो ।यसअघि मङ्गलवार स्थानीय प्रशासन र बारामा क्रियाशील राजनीतिक दलबीच सामाजिक सद्भाव बिग्रन नदिनका लागि छलफल भएको थियो । उक्त छलफलमा सामाजिक तथा धार्मिक एकता कायम राख्न प्रतिबद्धता जनाएका १२ राजनीतिक दलले संयुक्त अपिल समेत जारी गरेका थिए ।यता जीतपुरमा निकालिएको ¥यालीले बजार परिक्रमा गर्दै सामाजिक धार्मिक सहिष्णुता कायम राख्न सन्देश दिएको थियो । ¥यालीमा स्थानीय राजनीतिक दलका प्रतिनिधि लगायत सर्वपक्षीय सहभागिता रहेको थियो ।

Leave a Reply