मनहर्वा,निजगढको तिलगंगा सामुदायिक आँखा अस्पतालको आयोजनामा आगामी चैत्र ७ गते सोमबारका दिन जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १८ बडहर्वा चोकमा निःशुल्क आँखा परीक्षण शिवीर हुने भएको छ ।

तिलगंगा आँखा अस्पतालको निजगढ शाखाले स्थानीय साना किसान कृषि सहकारी संस्था लिमिटेडको सहयोगमा शिवीर संचालन गर्न लागेको हो ।

शिवीरमा मोतिविन्दुका बिरामीहरुलाई निजगढ तिलगंगा सामुदायिक आँखा अस्पतालमा निःशुल्क अप्रेशनको व्यवस्थाकासमेत गरिएको आयोजनक संस्थाले जनाएको छ ।

बिहान ९ बजेबाट अपरान्ह २ बजेसम्म संचालन हुने शिवीरमा जिल्लाका आँखाका बिरामीले मौकाको फाईदा लिन सक्ने सहकारी संस्थाकी अध्यक्ष नयनकला खड्काले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here