काठमाडौं । नेपाल सुपर लिग एनएसएलमा पोखरा थन्डर्स शीर्ष स्थानमा उक्लिएको छ ।मंगलबार बुटवल लुम्बिनी एफसीलाई १–० गोल अन्तरले हराउँदै पोखराले प्लेअफमा स्थान सुरक्षित गरेको छ ।पोखरा प्लेअफमा स्थान सुरक्षित गर्ने पहिलो टिम समेत बनेको छ । लिगको अन्तिम खेलमा पोखराले धनगढीसँग खेल्नेछ ।पोखराको जितमा मोसेस ग्याबाले विजयी गोल गरे ।खेलको इन्जुरी समयको पहिलो मिनेटमा आयुश घलानको क्रसलाई सदुपयोग गर्दै मोसेसले गोल गरेको हुन् । एनएसएलमा उनी सर्वाधिक गोलकर्ताको दौडमा अघि छन् । उनले पोखराका लागि ४ गोल गरेका छन् ।खेलमा बारम्बार अवसर सिर्जना गरेपनि पोखराले गोलका लागि खेलको इन्जुरी समयनै कुर्न पर्यो ।जित सहित शीर्ष स्थानमा उक्लिएको पोखराले ७ खेलबाट १४ अंक जोडेको छ । उसले दोस्रो स्थानको धनगढीसँग २ अंकको अग्रता लिएको छ ।
बुटवल ७ अंक सहित तालिकाको सातौं स्थानमा झरेको छ ।


















