नरेश गुप्ता

बरियारपुर,बारा सदरमुकाम कलैया उपमहानगरपालिका वडा नम्बर ६ स्थित बाल एकता उच्च माध्यमिक विधालयले प्रविधिको प्रयोग गरेर शिक्षा दिन थालेपछि विद्यालयका विद्यार्थी लाभान्वित बनेका छन । प्रविधिको प्रयोगबाट पठनपाठन हुने भएपछि विद्यालयका अभिभावक खुसी देखिएका छन ।

निजी लगानीमा संचालित बाल एकता उच्च माध्यमिक विधालयले जिल्लामै पहिलो पटक स्मार्ट एन्ड्रोवाड फ्याट बोर्डको माध्यमबाट विद्यार्थीको पठनपाठन शुरु गर्न लागेको हो ।

नयाँ शैक्षिक सत्रबाट आधुनिक प्रविधिको प्रयोगबाट बालबालिकालाई शिक्षा दिन लागेको विद्यालयका संस्थापक सुमोध सरार्फले जानकारी दिनुभयो । स्मार्ट एन्ड्रोईड फोनको माध्यमले विद्यार्थीलाई बिषय बस्तु अन्तर्गतको शिक्षासंगै प्रयोगात्मक ज्ञान समेत दिन थालेपछि बिद्यार्थीहरुलाई पठनपाठन गर्न सहज हुने सरार्फले बताउनुभयो । पठनपाठनमा प्रविधिको प्रयोगले विद्यार्थीलाई सिक्न सजिलो भएको उहाँको भनाइ छ ।

स्मार्ट एन्ड्रोइड बोर्ड फोनको साईज आठ पोईन्ट भर्सन रहेको र ईन्टरनेट सुबिधा समेत जोडिएकोले विज्ञान र व्यवस्थापन संकायका विद्यार्थीलगायत माध्यमिक तहका बालबालिकालाई सिकाएको कुरा बुझ्न सजिलो भएको छ । स्मार्ट एन्ड्रोईड फलैट पनेलको लागत मूल्य ३ लाख ७५ हजार रहेको र विद्यालयले सो प्रविधि भारतबाट ल्याएको बताएको छ । बालबालिका गुणस्तरीय शिक्षासंगै आधुनिक प्रविधिको प्रयोग गरेर शिक्षा दिन थालेपछि विद्यालयमा अभिभावक र विद्यार्थीको आकर्षण बढेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here