कलैया,तौल कम भएको ढक, तराजु प्रयोग गरेर माछा बिक्री गरिएको गुनासो आएपछि बारा उद्योग वाणिज्य संघ, कलैयाले कलैयास्थित माछा बजारमा अनुगमन गरेको छ ।बजारबाट माछा किन्दा तौल कम भएको उपभोक्ताहरुले गुनासो गरेपछि संघका पदाधिकारीसहितको टोलीले अनुगमन गरेको हो । संघले बजारमा उपभोक्ताको अधिकार सुरक्षित गर्न तथा व्यवसायिक पारदर्शिता कायम राख्नका लागि नियमित रूपमा बजार अनुगमनलाई प्राथमिकतामा राखेको जनाएको छ ।
अनुगमन टोलीले माछा विक्रेताहरूलाई उपभोक्तासँग इमान्दारीपूर्वक व्यवहार गर्न, मापदण्डअनुसारको तौल प्रयोग गर्न र मूल्य स्पष्ट रूपमा तोक्न आग्रह गरेको छ ।



















