सिमरा,बारामा गाँजासहित दुई जना पक्राउ परेका छन् । जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका– १ पथलैयाबाट करिब ४ किलो ५ सय ग्राम गाँजासहित २ जनालाई बुधवार बिहान प्रहरीले पक्राउ गरेको हो ।पक्राउ पर्नेहरूमा पर्सा बहुदरमाई नगरपालिका– ६ बस्ने ४६ वर्षीय घुरन साह र ५४ वर्षीय रसटली साह रहेका छन् ।प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरीले नारायणघाटबाट वीरगञ्जतर्फ जाँदै गरेको बा. ४ ख ५९२२ नम्बरको बसमा सवार उनीहरूलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जानकारी दिएको छ ।

Leave a Reply