नेपालमा स्थायी सरकार कहिल्यै बन्न सकेको थिएन । यो देशमा धेरै सरकार टिकेको भनेको पनि १५ महिना मात्रै हो । अहिले बर्तमान केपी शर्मा ओलीको सरकार दुई बर्ष टिकेको छ । प्रधानमन्त्री पदमा केपी ओली आसिन भएको आइतबार दुई बर्ष पूरा भएको छ । हुन पनि प्रधानमन्त्रीमा दुई बर्षसम्म टिक्नु पनि आफैमा उपलब्धी हो । यो प्रधानमन्त्रीले पनि स्वीकार गरेको कुरा हो र मुख्य भनाइ पनि प्रधानमन्त्रीको यही हो ।

 

 

 

दुई बर्षको बर्तमान सरकारको समीक्षा गर्दा नेपाली काँग्रेसले भनेको जस्तो यो सरकारले जनताको सवालमा धेरै कुराम दिन सकेको पनि छैन । कम्यूनिष्टको सरकारबाट आम नागरिकहरुले धेरै आश पनि गरेका थिए तर आश अनुसारको काम भएको छैन । यो कुरा बर्तमान सरकार संचालकहरुले पाि ध्यान दिन जरुरी छ ।

 

 

 

जनताको कतिपय न्यूनतम् अपेक्षाहरु पनि पूरा भएका छैनन् । जनताको अपेक्षा पूरा गर्न तर्फ अब सरकार लाग्नु पर्दछ । लगभग दुई तिहाइको हाराहारीमा रहेको बर्तमान सरकारले अब नागरिकहरुको चाहना पूरा गर्ने हो । यो सरकारले पनि काम नगरे अरुबाट पूरा हुने संभावना कम हुन्छ त्यसैले बिगतमा सरकार नसुतेको दाबी भइरहदा अब पनि सरकार नसुतोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here