निजगढ,बारा क्षेत्र नम्बर १ को प्रतिनिधि सभा सदस्यको निर्वाचनमा नेकपा एमाले, नेपाली काग्रेश र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बाहेक अन्य उम्मेदवारहरुको जमानत जफत भएको छ ।

एमालेका अच्युत मैनाली, कांग्रेशका उम्मेदवार उमाकान्त चौधरी र राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश धिमालबाहेक अन्य सबै उम्मेदवारले धरौटी जोगाउन नसकेका हुन । धिमालले ३३१९ मत प्राप्त गरेर जमानत जोगाउनुभएको छ ।

निर्वाचन अधिकृतको कार्यालय कोल्हबीले दिएको जानकारी अनुसार राष्ट्रिय प्रजातन्त्र पार्टीका भक्तबहादुर दलार्मीले १७९२, जनमत पार्टीका मनोजकुमार यादवले, १०६३, हाम्रो नेपाली पार्टीका राकेश न्यौपानेले ७३०, राष्ट्रिय प्रजातन्त्र पार्टीका शिवप्रसाद तिमल्सिना २७०, नेपाली कांग्रेश बिपीका धर्मेन्द्र प्रसादले १३३, नेपाल जनता पार्टीका प्रदीपकुमार साह ८९, मंगोल नेशनल अर्गनाइजेशनका महेन्द्र चौधरी ८६, नेपाल लोकतानिन्त्रिक पार्टीका मजहर मन्सुर ५५ स्वतन्त्र उम्म्ेदवार अनिलकुमार गुप्ताले ११३३ र अनवर अन्सारीले ९० मत प्राप्त गर्नुभएको छ ।

उता, क्षेत्र नम्बर १ (१) को प्रदेश सभा सदस्यतर्फको निर्वाचनमा पनि एमाले र कांग्रेश बाहेक अधिकांशको उम्मेदवारको जमानत जफत भएको छ ।

क्षेत्र नम्बर १ (१) मा प्रदेश सभा सदस्य तर्फ राप्रपाका लक्ष्मी साहले ४४८६, स्वतन्त्र उम्मेदवार शिवनारायण चौधरीले २३३१, एकबहादुर श्रेष्ठले १७८८, नागरिक उन्मुक्ति पार्टीकी राधा चौधरीले १३४४, लौरो अभियानका भेषबहादुर भण्डारीले १०७६ मत प्राप्त गर्नुभयो ।

त्यस्तै स्वतन्त्र उम्मेदवार सोनी लामाले २७५ मत प्राप्त गर्नुभयो भने रमण घिमिरेले जम्मा ६४ मत मात्रै पाउनुभएको छ । उता बारा–१ (२) मा जसपाका उम्मेदवार सरोज यादव ४ हजार ८८७ मतान्तरले निर्वाचित हुनुभएको छ । उहाले १५ हजार ९२७ मत पाउनुभयो भने कांग्रेसका नागेन्द्रप्रसाद साह कलवारले ११ हजार ४० मत पाउनुभयो । सत्ता गठबन्धनमा रहेका दल कांग्रेस र नेकपा एकीकृत समाजवादीबीच मित्रवत प्रतिस्पर्धा भएको यो क्षेत्रमा माओवादीले भने कांग्रेसका नागेन्द्रलाई समर्थन गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here