अघिल्लो महिला सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको थियो । त्यत्तिबेला विद्युतको कार्यकारी प्रमुख कुलमान घिसिंग रहनु भएको थियो । कुलमानलाई यो वा त्यो कारण देखाएर सरकारले हटायो । एकजना कर्मचारीलाई सरकारले हटायो ल यो खासै आपत्तिको कुरा भएन तर कुलमानको बर्हिगमनसंगै अचम्म खालले लाइन गइरहेको छ । एक प्रकारले भन्दा लोड सेडिंग नै भइरहेको छ । दिनदिनै लाइन गइरहेको छ । कुलमानको समयमा पनि लाइन जान्थ्यो तर यसरी जान्थेन ।
नेपाली नागरिकहरुले यो कुरालाई नजिकबाट हेरेको भएर पनि कुलमानको बढी प्रशंसा गरेको देखिन्छ । कुलमानको ठाउँमा हितेन्द्रदेव ल्याएपछि त झन् विद्युत प्राधिकरणले दिने सेवा अझ प्रभावकारी हुनुपर्ने थियो । हीतेन्द्र आफैले पनि नागरिकहरुको विश्वास जित्नको लागि यो प्रयास गर्नुपर्दथ्यो तर त्यस्तो गरेको देखिएको छैन । उल्टै बारम्बार जाने लाइनका कारण उनी आलोचित बन्दै आएका छन ।
हुनत यो समस्या देशभरकै आइरहेको छ तर बारा,पर्साको त कुरै नगरौैं । एक त गर्मी त्यहीमाथि लाइन काटेर प्राधिकरणले नागरिकलाई सजायँ नै दिएको भान सर्वसाधारणललाई पर्न थालेको छ ।प्राधिकरणका तल्ला तहका कर्मचारीहरुले आफूहरुले केही गर्न नसक्ने बताएकै छन् । उद्योगधन्दाहरु त यसै चौपट छन् । अनि बाख्रो हराउनु र स्याल कराउनुलाई कसरी संयोग मात्रै मान्ने ? यसमा केही न केही बद्मासी भएको कुरा नेपाली नागरिकहरुले भन्न थालेका छन्, यसको जवाफ अब सरकारले नै दिनुपर्दछ ।
















