रौतहट,रौतहटको गुजरा नगरपालिका ३ सिमरीमा नेकपा माओवादीका एकजना वडा अध्यक्षका प्रत्यासीसहित माओवादी पार्टी परित्याग गरी गाउँका अधिकांश कार्यकर्ता र समर्थकहरु नेकपा एमाले पार्टीमा प्रवेश गरेका छन् ।नेकपा एमाले गुजरा नगर कमिटीद्वारा आयोजित बृहत् पार्टी प्रवेश कार्यक्रम अन्तर्गत बुधवार गुजरा नगरपालिका ३ सीमरीमा गत स्थानीय निर्वाचनमा वडा अध्यक्षका प्रत्याशी काजीमान माझीसहित सयौं माओवादी कार्यकर्ताहरु एमालेमा प्रवेश गरेका हुन् ।
कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले केन्द्रिय सदस्य एवम् रौतहट जिल्ला इन्चार्ज अजय गुप्ता, केन्द्रिय सदस्य कुन्दन कुशवाहालगायतले नवप्रवेशीलाई माला र टिका लगाएर स्वागत गरेका थिए ।
कार्यक्रममा भूमि आयोग केन्द्रिय समिति सदस्य आरती भण्डारी, मधेस प्रदेशका पूर्वराज्यमन्त्री केशव राय चौधरी, भूमि आयोग जिल्ला अध्यक्ष अखिलेश्वर चौधरी, जिल्ला कमिटी सदस्य एवम क्षेत्र ३ का क्षेत्रिय अध्यक्ष युवराज ज्ञवाली, मेयर प्रत्यक्षी शेख एक्रामुलसंगै एमालेका जिल्ला कमिटी पदाधिकारी, नगर अध्यक्ष जयराम चौधरिलगायतको उपस्थिथि रहेको थियो ।वडा अध्यक्षका प्रत्याशी माझी माओवादी सशस्त्र द्वन्दकालदेखि नै माओवादी पार्टीमा क्रियाशील रहँदै आएका थिए । माओवादी नेतृत्व जनचाहना अनुसार परिवर्तन हुन नसकेको कारण एमालेमा प्रवेश गरेको उहाँले बताउनुभयो ।



















