कलैया,केही समयदेखि बढदै गएको बर्डफ्लू संक्रमण नियन्त्रणका लागि बारासहित मधेस प्रदेशका ३ जिल्लामा उच्च सतर्कता अपनाउनु पर्नेभएको छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले बर्डफ्लू संक्रमण बढदै गएको जनाउदै बारा, पर्सा र धनुषा लगायत १३ जिल्लामा उच्च सतर्कता अपनाउन कृषकहरुसँग आग्रह गरेको हो ।
खुल्ला सिमाना रहेको मधेस प्रदेस प्रदेशका बारा, पर्सा र धनुषा लगायत १३ जिल्लालाई सतर्कता अपनाउन आग्रह भएको छ ।
गत माघ ११ गते तराईको सुनसरीमा पहिलो पटक देखिएको संक्रमण अहिले चार वटा प्रदेशका १३ जिल्लामा फैलिएको पशु सेवा विभागका महानिर्देशक डा. रामनन्दन तिवारीले बताउनुभयो ।
प्रदेश १ का मोरङ, उदयपुर र सुनसरी, बागमती प्रदेशका काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर र सिन्धुपाल्चोक एवं गण्डकी प्रदेशको कास्कीमा संक्रमण पुष्टि भएको विभागले जनाएको छ ।
संक्रमण भेटिएको ठाउँबाट अन्यत्र पशुपन्छीको ओसारपोसार नगर्न र पन्छी पालन गर्नेहरुले उच्च सतर्कता अपनाउने सम्बन्धमा विभागले व्यवसायीलाई निर्देशन दिएको पनि विभागले जनाएको छ ।