नेपाल कुनै जमानामा विशाल थियो । पूर्वमा टिष्ट नदीदेखि पश्चिम कांगडासम्म फैलिएको थियो नेपाल । पूर्खाले नेपाली भूभाग जोगाउनका लागि प्राणको आहुति पनि दिएका थिए । विभिन्न कालखण्डमा भएको सन्धी÷संझौतासंगै आज नेपाल सानो भएको छ ।नेपालको आकार घट्नुमा सबै त अहिलेका शासकहरु पनि दोषि छैनन् यद्यपि यिनीहरुबाट बद्मासी नहोस् नेपाली जनताको चाहना यही नै हो । यद्यपि नेपाल र भारतको कुरा गर्ने हो भने धेरै कुरामा समानता छ । यसलाई धेरै व्याख्या गर्न नै पर्दैन । हाम्रै बारा र पर्सा जिल्लाको भूगोगले नै यो कुरालाई स्पष्ट बनाउछ ।पछिल्लो समय नेपाल र भारतबीच भएको सुगौली सन्धी अघिको नेपालको नक्सा सार्वजनिक गरेर कथित राष्ट्रियताको ध्वाँस लगाउन केही व्यक्तिहरुले खोजेको देखिन्छ । हो, नेपाल सार्वभौम सत्ता सम्पन्न मुलुक हो । भारतले अनावश्यक विषयमा हस्तक्षेप गरे स्वीकार्य हुदैन तर भारतले नेपाललाई सिधा हस्तक्षेप अब गर्दापनि गर्दैन र अप्रत्यक्ष रुपमा छाड्दा पनि छाड्दैन अनि कथित ग्रेटर नेपालको नक्सा सार्वजनिक गर्दैमा के फरक पर्छ ?काठमाडौंका मेयर बालेन शाहले ग्रेटर नेपालको नक्सा सार्वजनिक गरेपछि केहीलाई उनी ठूला राष्ट्रवादी पनि लाग्न सक्छन् । जसले जे भनेपनि उनी राजनीतिक व्यक्ति होइनन् र उनले आफ्नो कार्यालयमा यो नक्सा राख्दैमा भारतलाई केही फरक त पर्दैन । तर, बालेन राजनीतिक व्यक्ति भएको भए भारतले उनलाई कसरी तह लगाउने भन्ने योजना निर्माण गरिसक्थ्योहोला । राजपरिवार सकिएको यो देशमा एकजना वा एकाधले भारतको विरोध गर्दैमा र ग्रेटर नेपालको हौवा फौलाउदैमा केही हुनेवला भने छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here