काठमाडौं,राजसंस्था पुनस्र्थापना र सनातन हिन्दु धर्मका लागि भन्दै राजावादीहरुले जनआन्दोलन घोषणा गरेका छन ।
राजसंस्था पुनस्र्थापनका लागि गठित समितिका संयोजक नवराज सुवेदीले बिहीवार राजधानीमा आयोजित पत्रकार सम्मेलन गर्दै जनआन्दोलन घोषणा गर्नुभएको हो ।‘जेठ १५ गतेदेखि अनिश्चितकालीन जनआन्दोलन गर्ने हामी घोषणा गर्दछौं,’ सुवेदीले पत्रकार सम्मेलनमार्फत भन्नुभएकोछ, ‘हाम्रो आन्दोलन शान्तिपूर्ण हुनेछ । भद्र अवज्ञा र सत्याग्रह हाम्रो आन्दोलनको स्वरुप हुनेछ ।’आफूहरूको आन्दोलन व्यवस्था परिवर्तनका लागि भएको भन्दै कुनै पनि सरकार वा सत्तामा रहेका दलहरूको विरोध नगर्ने सुवेदीले घोषणा गर्नुभयो ।घोषणासभामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापा, पञ्चायतकालीन नेता केशरबहादुर विष्ट लगायत नेताहरुको उपस्थिति रहेको थियो ।

Leave a Reply