उमेश घलन

रतनपुर,निजगढ नगरपालिका वडा नं. १३ मा व्यक्तिगत घटना दर्ता सप्ताह कार्यक्रम सम्पन्न भएको छ । स्थानीय पञ्जीकाकरण शाखा निजगढ नगर समितिले व्यक्तिगत घटना दर्ताको महत्व र आवश्यकता बारे जानकारी गराउन कार्यक्रमको आयोजना गरेको हो ।स्थानीय विकास तथा पञ्जीकाकरण अधिकारी मन्दिरा आचर्यको अध्यक्षतामा भएको कार्यक्रममा निजगढ नगरपालिका वडा नम्बर १३ का वडा कार्यालय सचिव विष्णुलाल श्रेष्ठ, सर्जिता ढकाल र स्थानीय सेवाग्राहीहरुको सहभागी थियो । सो कार्यक्रममा विकास अधिकारी आचार्यले व्यक्तिगत घटना दर्ता समयमा नै नगर्दा आइपरेका विभिन्न व्यवहारिक समस्या र उल्झनहरुको उदाहरण दिँदै मानिसको जीवनमा आइपर्ने हरेक गतिविधिहरु सहज रुपमा अघि बढाउन समयमै व्यक्तिगत घटना दर्ता गर्नुपर्नेमा जोड दिनुभयो ।राज्यको योजना निर्माण र स्थान विशेषको खासखास रणनीति बनाएर कार्यान्वयन गर्नको लागि यथार्थ तथ्याकं चाहिने र त्यसका लागि समयमै व्यक्तिगत घटना दर्ता हुनु पर्नेमा उहाँले बताउँनुभयो । आचर्यले घटना दर्तासगै जोडिएर आउने सामाजिक सुरक्षा कार्यक्रम र पोषण भत्ता वितरणका कार्यमा पनि घटना दर्ताको महत्व रहेको बताउनुभयो ।देशमा सुशासन कायम गर्न र पारदर्शिताको लागि पनि समयमै व्यक्तिगत घटना दर्ता गर्नुपर्ने उहाँले धारणा राख्नुभयो ।

Leave a Reply