नरेश गुप्ता

बरियारपुर,जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक दिलिप सिंह देउवाले कार्यालयमा सर्वसाधारण जनताको गुनासो सुन्ने वातावरण बनाउने बताउनु भएको छ ।

जिल्ला प्रहरी कार्यालय बाराको भर्खरमात्र जिम्मेवारी सम्हाल्नु भएका प्रहरी प्रमुख देउवाले पीडितको गुनासो सुन्ने सहज वातावरण मिलाउनु आफ्नो पहिलो प्राथमिकता भएको बताउनु भएको छ । जिल्ला प्रहरी कार्यालय बारामा मंगलबार आयोजित पत्रकारहरुसंगको भेटघाट तथा परिचयात्मक कार्यक्रममा बोल्दै सबैसंग सहकार्य गरि अपराध न्यूनीकरण नियन्त्रणमा आफू लागि पर्ने उहाँले बताउनुभयो ।

प्रहरी निरीक्षकबाट प्रहरी सेवामा प्रवेश गर्नुभएका देउवाले झण्डै २५ वर्षसम्म प्रहरी सेवामा काम गरेको उहाँले जानकारी दिनुभयो । देउवा २०५३ सालमा राष्ट्रिय अनुसन्धान विभागबाट नेपाल प्रहरीमा प्रवेश गर्नुभएको थियो । उहाँले डोटी, कैलाली जिल्लामा प्रहरी प्रमुखको जिम्मेवारी वहन गरिसक्नुभएको छ ।

जिल्ला प्रहरी कार्यालय बारामा देखिएको विकृतिहरुलाई हटाउदै आगामी दिनमा कार्यालयमा बिचौलिया प्रवृत्तिका मानिसहरुलाई प्रवेशमा रोक लगाइने पनि उहाँले बताउनुभयो ।

समसामयिक बिषयमा पत्रकारहरुले राखेको जिज्ञासामा प्रहरी प्रमुख देउवाले दोषीलाई कारबाही गर्ने, बिचौलियाको पहिचान गरि उनीहरुलाई कारबाही गर्नेसमेत बताउनुभयो ।

जिल्लामा बढ्दै गएको सवारी दुघर्टना न्यूनीकरणको लागि नियमित चेकजाँच गर्ने र मापसे गरेका चालकलाई कारबाही गरिने उहाँले सुनाउनुभयो । जिल्लाका खुला सिमानाका कारण बढ्दो अपराधिक क्रियाकलापलाई नियन्त्रण गर्न मातहतका प्रहरी युनिटलाई निर्देशन दिइसकिएको पनि प्रहरी प्रमुख देउवाले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here