कोल्हवी,बारा निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत नेकपा एमालेका अगुवा कार्यकर्ताको भेला आज कोल्हवीमा सम्पन्न भएको छ ।आगामी फागुन २१ गते हुन लागेको निर्वाचनलाई लक्षित गरी आयोजना गरिएको भेलामा नेकपा एमालेका केन्द्रीय सदस्य तथा बारा जिल्ला इन्चार्ज, क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार अच्युतप्रसाद मैनाली, पूर्वमन्त्री पुरुषोत्तम पौडेल, प्रदेश कमिटी सदस्यहरू, पार्टीका अग्रज नेता तथा युवा कार्यकर्ताको उल्लेखनीय सहभागिता रहेको थियो ।

सबै सहभागीहरूले आगामी निर्वाचनमा पार्टीलाई जिताउन एकजुट भएर लाग्ने प्रतिबद्धता व्यक्त गरेका थिए । भेलाले कार्यकर्तामा नयाँ जोश र आत्मविश्वास थपेको छ । भेलामा को उपस्थितिले कार्यक्रम थप उत्साहित बनेको थियो । सहभागी कार्यकर्ताहरूले मैनालीको सरल स्वभाव, स्पष्ट कुरा राख्ने शैली र जनसेवाप्रतिको समर्पणको प्रशंसा गरेका थिए ।
भेलालाई सम्बोधन गर्दै उम्मेदवार मैनालीले विकास, पारदर्शिता र जनताको हितलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । उहाँले जनताको सुख–दुःखमा सधैं साथ रहने र आवश्यक परे जुनसुकै बेला पनि जनताको काममा खटिने बताउनुभयो ।

Leave a Reply