कलैया,बाराको महागढीमाई नगरपालिका वडा नम्बर– ९ पिप्राविर्तामा मंगलबा राति लामखुट्टे धपाउन बालिएको घुरबाट आगलागी भएको छ । आगलागीबाट चौपाया सहित दुई वटा गोठ जलेर लाखौको क्षति भएको छ । महागढीमाई नगरपालिका– ९ पिप्राविर्ताका रामजिवन राम र जगजिवन रामको गोठमा राति करिब १० बजे आगलागी भएको प्रहरीले जनाएको छ । घरको धुरीबाट एकाएक आगोको मुस्लो निस्किएको देखिएपछि भेला भएका गाँउलेहरुको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको स्थानीय योगेन्द्र महराले जानकारी गराउनुभयो । फुसको दुई घर र गोठ पुर्णरुपमा जलेर नष्ट भएको छ । आगलागीबाट एउटा बाच्छा र एउटा पाडी पनि जलेर मरेका छन । आगलागीबाट एउटा गाई र भैंसी जलेर गम्भीर घाइते भएका छन । आगलागीबाट घरगोठ र चौपाया गरि चार लाखको क्षति भएको बाराका प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी गराउनुभयो ।

Leave a Reply