मनोज शाह
जीतपुर,विदेश पठाइदिन्छु भनेर विभिन्न व्यक्तिसंग लाखौं रकम उठाएपछि वीरगञ्ज उमपहानगरपालिका वडा नम्बर २९ रतनपुरका अख्तर अन्सारी यतिबेला बेपत्ता बनेका छन ।वैदेशिक रोजगारीको लागि मलेशिया पठाइदिने भन्दै जिल्लाको जगरनाथपुर गाउँपालिकाका दर्जनौं युवाहरुसंग १८ लाखभन्दा बढी रकम असुली गरेपछि अन्सारीसम्पर्कविहिन बनेका हुन ।
अन्सारीले रोजगारीको लागि मलेशिया पठाइदिन्छु भनेर आफूहरुसंग प्रतिव्यक्ति १ लाखदेखि३ लाख ५० हजारसम्म रकम लिएको पीडित मध्येका एक जना पर्साको जगरनाथपुर गाउँपालिका कलाम असारीले बताउनुभयो । ‘मेरो गाउँमा मात्रै ९ जना मानिससँग पैसा लिएका छन, उहाँले भन्नुभयो, तर न विदेश पठाउँछन न त लिएको पैसा नै फिर्ता गरेका छन ।’

अन्सारीले केही व्यक्तिहरुको नाममा नक्कली भिसा र शैक्षिक योग्यताको प्रमाण पत्र पनि नक्कली बनाएर विदेश पठाउने प्रयास गरेको र असफल भएपछि फरार बनेको उहाँले बताउनुभयो । नक्कली कागजात तयार पारेर विदेश पठाउने तयारी गरिएका केही युवाहरुलाई प्रहरीले काठमाण्डौंको त्रिभुवन विमानस्थलबाट फिर्ता गरेको उहाँले सुनाउनुभयो ।
‘फोन गर्छाैं, उठाउदैन, घरमा पनि फेला परेका छैनन ।’ परिवारका अन्य सदस्यहरुले भने आफूहरुलाई पैसा लेनदेनबारे कुनै जानकारी नभएको भन्दै पन्छिने गरेको कालमले सुनाउनुभयो ।

विदेश गएर आम्दानी गर्न पाइने आशमा ऋण काढेँर र जमिन बेचेर बुझाएको रकम लिएर फरार बनेपछि आफूहरु समस्यामा परेको अर्का स्थानीय सानियह खातुनले बताउनुयो । ‘विदेशको कमाइबाट ऋण तिरौला र घर व्यवहार चलौला भन्ने सोचेका थियौं, उहाँले भन्नुभयो, तर विदेश जाने कुरा त कता हो कता ऋणमा साहुसंग लिएको पैसा नै डुब्ने भयो ।’ आफूहरुले जिल्ला प्रशासन कार्यालय पर्सा र जिल्ला प्रहरीमा समेत कलाम विरुद्ध उजुरी दिएको तर अहिलेसम्म कुनै काराबाही नभएको उहाँले सुनाउनुभयो ।

Leave a Reply