सिम्रौनगढ,कानुन विपरित भुक्तानी गर्न नमानेपछि सिम्रौनगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिओमप्रसाद कलवारमाथि नगर प्रमुख किशोरी प्रसाद कलवारले कुटपिट गरेका छन । केही दिन पहिले घटेको सो घटना ढिलो सार्वजनिक भएको हो ।

नगर प्रमुख कलवारले कानुन विपरित भुक्तानी गर्न दवाव दिएको र प्रमुख प्रशासकीय अधिकृत जैसवालले नमानेपछि उहाँमाथि कुटपिट भएको हो । नगरप्रमुख कलवार र समर्थकहरुले आदर्शकोतवाल गाउँपालिकाको कोतवाली चोकमा रहेको जानकी आयलस्थित नगर प्रमुख कलवारको निजी निवासमा बोलाएर अधिकृत जयसवाललाई कुटेको आरोप लगाइएको छ ।

कानुन विपरित भुक्तानीका लागि नगर प्रमुख कलवारले दबाव दिएको तर आफुले त्यस्तो भुक्तानी गर्न नमिल्ने बताएपछि आफूमाथि कुटपिट भएको उहाँले बताउनुभएको छ ।प्रमुख प्रशासकिय अधिकृत जयसवाललाई कुटपिट गर्ने नगर प्रमुख कलवारलाई कारबाही गर्न माग गर्दे जिल्ला प्रशासन कार्यालय बारामा शुक्रवार उजुरी परेको छ । कुटपिटको विषय सार्वजनिक भएपछि प्रशासकीय अधिकृत जयसवालले जिल्ला प्रशासन कार्यालय, बारामा उजुरी दर्ता गराउनुभएको हो । उक्त घटनाको विरोधमा सिम्रौनगढ नगरपालिकाका कर्मचारीहरु आन्दोलनमा उत्रेका छन । घटनाको विरोधमा सिम्रौनगढ नगरपालिकाका कर्मचारीहरु कार्यालयको कामकाज समेत ठप्प पारेका छन । यसले गर्दा दैनिक काम लिएर आएका सेवाग्राहीहरु रित्तो हात फर्कन बाध्य भएका छन् ।

नगरप्रमुख कलवारविरुद्ध कडा कारबाहीको माग गर्दै आन्दोलनरत कर्मचारीहरूले दोषी नतोकिएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन् ।सिम्रौनगढ नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत जैसवाल र नगर प्रमुख कलवारबीच लामो समयदेखि विवाद चल्दैआएको छ । विवाद बढ्दै गएपछि नगर प्रमुख कलवारले अधिकृत जैसवालको ठाउँमा अर्का कर्मचारीलाई प्रमुख प्रशासकीय अधिकृतको रुपमा कामकाज गरउने प्रयास गर्दैआएका छन ।

Leave a Reply