अहिले छिमेकी देश चीन सहित भारतमा समेत कोरोना भाइरसको संक्रमण बढेको छ । कोरोना भाइरसको कहर निकै बोझिलो बन्दै आएको छ । छिमेकी मुलुक चीनको वुआन शहरबाट संक्रमण फैलिएको कोरोना भाइरसले यति बेला विश्वलाई तरंगित पारेको छ।एक जना संक्रमित बिरामीबाट तुरुन्तै तीन जनासम्मलाई थप संक्रमित पार्न सक्ने जोखिमले गर्दा यो बढी नै खतरापूर्ण रहेको बुझ्न सकिन्छ ।

 

 

यसको जोखिमलाई कम ठान्न मिल्दैन । चीनजस्तो विश्वमा उदयमान शक्ति राष्ट्रलाई समेत नियन्त्रण गर्न हम्मे–हम्मे पार्ने भाइरससँग नेपाली डराउनु अस्वभाविक होइन । चीनमा मात्र बुधबारसम्म १ सय ३२ जनाको यस भाइरसले ज्यान लिइसकेको र ५ हजार ९ सय ७४ जना संक्रमित देखिएको चिनियाँ अधिकारीले पुष्टि गरेका छन् ।

 

 

कोरोना भाइरस लागेको कसरी थाहा पाउने भन्ने सन्दर्भ अहिले आम नागरिकका लागि प्राथमिकताको विषय हो । चिकित्सकहरूका अनुसार यसले सर्वप्रथम नाक र घाँटीको माथिल्लो भाग वा च्यापुमा असर गर्छ । अधिकांश कोरोना भाइरस खतरनाक भए पनि केही खतरनाक भाइरसले नै व्यक्तिलाई हायलकायल पार्ने अवस्था छ । २०६९ सालमा यही खतरनाक भाइरसका कारण ८ सय ५८ व्यक्तिले मध्यपूर्वमा ज्यान गुमाए । साउदी अरेबियाबाट फैलिएको यो भाइरसले विस्तारै छिमेकी मुलुकलाई पनि आक्रान्त बनायो । अहिले चीन र विश्वका अन्य राष्ट्रमा यसले महामारीको रूप लिएको छ।नेपाल र मध्य तराईका जिल्लाहरुमा समेत सावधानी अपनाउन भने आवश्यक छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here