सिमरा,ईलाका प्रहरी कार्यालय अमलेखगञ्जको प्रहरी टोलीले मंगलवार दिउँसो प्रतिबन्धित लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा जिल्ला पर्सा वीरगन्ज महानगरपालिका १६ का २६ वर्षीय सिद्धान्तप्रसाद पटेल र जिल्ला मोतिहारी ग्राम अरेराज मल्लाहीका २३ वर्षीय नितिशकुमार ठाकुर रहेका छन् ।

प्रहरी बरिष्ठ नायब निरीक्षक टेकबहादुर कार्की नेतृत्वको प्रहरी टोलीले वीरगञ्जबाट हेटौडातर्फ जाँदै गरेको बिआर ०५ बिए ४८१७ नम्बरको भारतीय कार रोकेर जाँच गर्दा सिटमुनि फल्स बटम बनाएर लुकाईछिपाई राखेको अवस्थामा दुई हजार नौ सय ६५ पत्ता प्रतिबन्धित ट्रामाडोल हाइड्रोक्लोराइड क्याप्सुल बरामद गरेको हो । बरामद गरिएको औषधी नेपालमा प्रतिवन्धित छ ।

पक्राउ परेका दुबैजनालाई बरामद औषधी र कारसहित नियन्त्रणमा लिएर आवश्यक कानूनी कारबाही प्रक्रियाअगाडि बढाइएको बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डित जानकारी दिनुभएको छ ।

Leave a Reply