राजकुमार यादव
मौलापुर,रौतहतको मौलापुर नगरपालिका ९ सोनरनियाँमा स्थानीयको खपड़ाको कच्ची घर अचानक भत्किएको छ ।सोनरनियाँ बस्ने भगवान राय यादव उर्फ हरदंगी राय यादवको पिलरबाट निर्माण भएको खपड़ाको छानो भएको घर मंगलबार दिउसो करिब २.३० बजे आचानक ढलेर भत्केको हो ।घर ढल्दा घरभित्र राखिएको सम्पूर्ण सरसमान सहित करिब ६ लाख मूल्य बराबरको क्षति भएको मौलापुर ईलाका प्रहरीले जानकारी दिएको छ । घर भत्केपछि यादवको १३ जना परिवार घरबिहिन भएको घरमुली हरदंगी यादवले बताउनुभयो । सोहि घर निर्माण निर्माणको क्रममा यादव ६ महिनादेखि गाउँकै आसपास बस्दै आइरहनुभएको छ । अहिले घर भत्केपछि कहाँ बस्ने भनेर चिन्तामा यादव पर्नुभएको छ ।मौलापुर नगरपालिको नगर प्रमुख र उपनगर प्रमुखलाई उक्त घटना बारे जनकारी गराए पनि हालको लागि कुनै किसिमको राहत सामग्री प्राप्त हुन नसकेको उहाँले दुखेसो पोख्नुभयो । उक्त घटनामा गहँु, चामल, दलहन मसुरी लगायत लात्ताकपड़ा तथा बन्दोबस्तीका समानहरु पूर्णरुपमा क्षति भएको र मानवीय क्षति भने नभएको मौलापुर ईलाका प्रहरीका सई मनोज श्रेष्ठले जानकारी दिनुभयो ।


















