पुष्पराज खतिवडा
बारा,जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २२ स्थित तीन नम्बर पुल नजिक सोमवार बिहान तीन वटा सवारी साधन एकआसपमा ठोक्किएर दुर्घटना हुँदा १९ यात्रु घाइते भएका छन् ।काकरभित्ताबाट पोखरातर्फ जाँदै गरेको ग२ख १६५५ नम्बरको बस, पोखराबाट रौतहटतर्फ आउँदै गरेको ग१ख ११५४ नम्बरको बस र पथलैयाबाट हेटौंडातर्फ कोइला लिएर गइरहेको प्रदेश २–०३–००१ ख ५१८७ नम्बरको लहरी ट्रक एकआपमा ठोक्किएको हो ।
प्रहरीका अनुसार पोखरातर्फ जाँदै गरेको बसले विपरित दिशाबाट आउँदै गरेको बसलाई पछाडिबाट ठक्कर दिएको र उक्त बस अनियन्त्रित भएर सडक छेउमा रोकिराखेको लहरी ट्रकसंग ठोक्किन पुगेको हो । लहरी ट्रकसंग ठोक्किएको उक्त ग२ख १६५५ नम्बरको बस सडकबाट तल खस्न पुगेको थियो ।दुर्घटनामा उक्त बसका चालक कास्की गाउँपालिका ७ का ४० वर्षीय बस चालक रविकुमार ताम्राकार, सहचालक कास्कीका बासुदेव अधिकारी, यात्रुहरु तनहुँ भानु नगरपालिका ८ का ३० वर्षीय अनिलकुमार बस्नेत, ईलामको माई नगरपालिका ४ का ३१ वर्षीय राजेन्द्र सुनुवार, पाँचथरको फिदिम गाउँपालिका ५ का ३२ वर्षीय खर्क सिंह तुमवापो, भारत भङकुरा घर भएका ४६ वर्षीय विलाश दास, सप्तरीको रुपनी गाउँपालिका ३ का २८ वर्षीय रवीन्द्र माझी, सप्तरीकै हलुवा गाउँपालिका १ का २० वर्षीय भरत ईश्वर, पाँचथर हिलेहाङ गाउँपालिका ६ का ६० वर्षीय बुद्धमाया याव,त्यसैगरी सल्यान कालिमाटी गाउँपालिका ३ का २८ वर्षीया पुष्पा वली, इलाम सूर्यदैले नगरपालिका १२ की २२ वर्षीय मनिषा राई, झापाको दमक नगरपालिका १ का २० वर्षी निशा लिम्बु, दोलखा विष्णु गाउँपालिका ५ का १० वर्षीय अनुराग खड्का, भारत जिसिलोङका २५ वर्षीय रेशम थापा, सोही ठाउँ बस्ने २८ वर्षीय सागर क्षेत्री, इलामको देवमाई नगरपालिका ८ का २९ वर्षीय दलबहादुर राई, इलाम नगरपालिका १ का ३७ वर्षीय तेजबहादुर राई, सोही नगरपालिका १ का २७ वर्षीय संजिव राई र खोटाङका ३२ वर्षीय टेकबहादु राईघाइते भएका छन् ।
घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको र अवस्था खतरामुक्त रहेको बारा प्रहरीले जनाएको छ । दुर्घटनाको खबर पाएलगत्तै ईलाका प्रहरी कार्यालय अमलेखगञ्जको प्रहरी टोली पुगेर घाइतेको उद्धार गरेको थियो ।घटनालगत्तै पथलैया–हेटौंडा सडकखण्ड सवारी आवागमन असहज बनेको थियो । दुर्घटनाग्रस्त सवारीसाधन हटाएसंगै उक्त सडकखण्ड अहिले पूर्णरुपमा सुचारु भएको छ ।

















