रौतहट,रौतहट जिल्लास्थित सवारी दुर्घटनामा परेर १ वर्षको अवधिमा ४१ जनाको ज्यान गएको छ ।
ट्राफिक प्रहरीले गत आर्थिक वर्ष २०८०-०८१ को १ बर्षमा नियम बिपरित चलेका झण्डै १७ हजार सवारी साधन लाई कारबाहीको दायरामा ल्याएर डेढ करोड रुपैयाँभन्दा बढी राजश्व संकलन गरेको छ ।अघिल्लो आर्थिक वर्षको तुलनामा जिल्लामा सवारी दुर्घटनासंगै मृत्यु हुनेको सङ्ख्या कमी आएको ट्राफिक प्रहरीले जनाएको छ । गत साउनदेखि यही वैशाख १० गतेसम्म नियम विपरित चलेका १६ हजार ९९१ सवारी साधनलाई गरिएको कारबाहीबाट कुल १ करोड ५६ लाख,६३ हजार रुपैयाँ राजश्व संकलन गरिएको जिल्ला ट्राफिक प्रमुख इन्स्पेक्टर सुशील आचार्यले बताउनुभएको छ ।
सोही अवधिमा जिल्लाको विभिन्न स्थानमा भएको ४९६ सवारी दुर्घटनामा परेर महिला, पुरुष, बालबालिका गरी ४१ जनाको मृत्यु हुनुका साथै ७८५ जना घाईते भएको इन्स्पेक्टर आचार्यले जानकारी दिनुभएको छ ।

अघिल्लो आर्थिक वर्षको तुलनामा सवारी दुर्घटना र मृतकको संख्यामा समेत कमी आएको छ ।अघिल्लो आर्थिक वर्षमा रौतहटमा १ वर्षको अवधीमा भएको ६४५ सवारी दुर्घटनामा परेर ५० जनाको ज्यान गएको जिल्ला प्रहरी प्रवक्ता डिएस्पी एलिजा गिरीद्वारा हस्ताक्षरित सूचनामा उल्लेख गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here