धिरेन्द्र तिवारी
कलैया,बाराको देवताल गाउँपालिकामा एकीकृत सामाजवादी पार्टीलाई चुनावको मुखमा ठुलो धक्का लागेको छ ।
प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन मिति नजिकिदै गएको अवस्थामा समाजवादीको देवताल गाउँपालिकाका अध्यक्ष ध्रुव तिवारीसहित पुरै पालिकामा कमिटी शनिवार नेकपा एमालेमा प्रवेश गरेको छ ।
नेकपा एमालेले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रम एकीकृत सामाजवादी देवताल गाउँपालिका कमिटीका अध्यक्ष तिवारीसहित कमिटीका उपाध्यक्ष रामविनय यादव, रामजान मिया, वडा नम्बर ४ का वडा कमिटी अध्यक्ष राजकिशोर पण्डित र सदस्यहरु नागेन्द्र राम, नन्दु पण्डित, मेरोलाल साह, अजय पण्डित, उपेन्द्र साह, बिनोद पासवान, हरेराम राम, राम श्रेठ सिह, गणेश साह, सुखल पण्डित, रामअयोध्या पण्डित, राजदेव पण्डित, भुखल साहलगायत ५१ जनाले एकिकृत सामाजवादी पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका हुन ।
गाउँपालिका कमिटीका सचिव मुक्ति सहनी यसअघि नै एमालेमा प्रवेश गरि सक्नु भएको सो पार्टीको प्रदेश कमिटी सदस्य कौशलकिशोर सिंहले जानकारी गराउनुभयो ।
नव प्रवेसीहरुलाई कार्यक्रमका प्रमुख अथिति नेकपा एमालेका पोलिटब्युरो सदस्य पुरुषोतम पौडेलले टीका लगाएर स्वागत गर्नुभएको थियो ।