कलैया,नेपाल पत्रकार महासंघको यही मंसिर २८ गते हुने निर्वाचनमा बारा जिल्लाको कार्यसमितिको अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी दर्ता भएको छ । निर्वाचन समितिले दिएको जानकारीअनुसार अध्यक्षमा श्यामबाबुप्रसाद यादव, रमेश सुवेदी र अनिलकुमार तिवारीले उम्मेदवारी दर्ता गराएका हुन ।
उपाध्यक्ष पदमा भने पानालाल दास र महिला उपाध्यक्षमा प्रियन्का दास निर्विरोध निर्वाचित भएका छन । दुबै जनाको एकल उम्मेदवारी दर्ता भएपछि पन्नालाल र प्रियान्का निर्विरोध निर्वाचित भएकाछन ।
त्यसैगरी सचिव पदमा पुष्पराज खतिवडा निर्विरोध निर्वाचित हुनुभएको छ । खुल्ला सहसचिवको १ पदमा इन्दिप कोइराला र प्रदीप गौतमको उम्मेदवारी परेको छ । समावेशी सहसचिव पदमा भने दुष्यान्त चौधरी र अरुण कुशवाहाले उम्मेदवारी दर्ता गराएका छन ।त्यसैगरि कोषाध्यक्ष पदमा भने रन्जन यादव र अनिल पाण्डेयले उम्मेदवारी दर्ता गराउनुभएको छ । महिला सदस्यमा भने तुलसा घिमिरे र काजल कार्कीको नाममा उम्मेदवारी दर्ता भएको छ ।
५ जना केन्द्रीय परिषद सदस्य पदमा गोकुल घोरसाइने, कमल उपाध्याय, लक्ष्मी साह, भोजराज भट्टराई र सत्यप्रसाद श्रेष्ठ र मधेस प्रदेश परिषद सदस्यमा लक्ष्मी पाण्डे, श्यामकुमार गुप्ता, अनिलकुमार साह, श्रीकान्त गुप्ता, रामेश्वर मेहता, गम्भीरा सहनी, मनोजकुमार साह, पवन यादव, भोलानाथ पौडेल र सिकेन्द्र साह पनि निर्विरोध निर्वाचित भएका छन ।
मधेसी सदस्यमा धिरेन्द्र तिवारी, दलित सदस्यमा शर्मालाल बैठा,जनजाति सदस्यमा धिरेन्द्र पनुहर, समावेशी सदस्यमा नूरआलम मन्सुरको पनि एकल उम्मेदवारी परेको निर्वाचित अधिकृत रुद्र धितालले जानकारी दिनुभयो ।
महासङ्घको निर्वाचन कार्यक्रमअन्तर्गत शुक्रवार मतदान हुनेछ ।