चितवन । गोरखाको हालको अजिरकोट गाउँपालिका वडा नम्बर ३ मा जन्मिएका मोहिनीप्रसाद खनाल चार दाजुभाइ मध्यका साँइला हुन् । खनालले जन्म घर सानैमा छाडे । जीवनमा संघर्ष गर्न पर्छ भन्दै उनले आफू करिब १२ बर्षको हुँदामा नै जन्म घर छाडे । राजधानी काठमाडौं सहितका शहरमा उनले दुःखको काम गरे । उनी आज नेपाली काँग्रेसको चितवन जिल्ला सदस्य पदका लागि उम्मेदवारी दिइरहदा आफूले जीवनमा पाएको हण्डर र ठक्कर संझन्छन् । उनका परिवारका सदस्यहरु फरक राजनीतिक सिदान्तमा छन् । उनका चारभाइ बुवा मध्भ्ये माइलो बुवा चन्द्रप्रसाद खनाललाई २०५८ सालमा माओवादीमा आरोपमा सेनाले पक्राउ गरेर बेपत्ता बनाएको थियो । राजनीतिमा हत्या,हिंसा सुहाउने कुरा नभएको खनालको तर्कपहिला देखि नै छ । काँग्रेसको नाउमा गलत गर्न हुन्न भन्ने कुरामा खनाल स्पष्ट छन् । नेपाली काँग्रेसको श्रीबृद्धिका लागि र समाजवादका लागि आफूले उम्मेदवारी दिएको खनाल बताउछन् । हाल भरतपुर महानगरपालिका निवासी खनाल पेशाले काष्ठ ब्यवसायी हुन् । २०७२ सालतिर असाध्य रोग क्यान्सर लागेपछि उनी सिकिन्त भए । उपचारपछि उनलाई त्यो रोग त निको भएको छ तर दुःख कुन बेला फेरि दिन्छ भन्ने चिन्ता उनीमा छ । रोगसंग लडेर आफूले पाएको पुर्नजीवन काग्रेसीजनको सेवामा समिर्पत गर्ने चाहना उनीमा छ । आफू यसपाली बिजयी भए चितवन काँग्रेसमा आफूले सकेको परिवर्तन ल्याउनका लागि भूमिका निर्वाह गर्ने खनालको तर्क छ ।त्यसो त २०४६ सालमा भएको जनआन्दोलनका क्रममा उनी घाइते पनि भएका थिए । रामपुर क्यामपसमा पंचायत बिरुद्ध आन्दोलनमा सहभागी हुँदा खनाल घाइते भएका थिए । लामो उपचारपछि उनी ठीक भए ।