कृपा संवाददाता
काठमाण्डौं – नेपाल चामल, तेल, दाल उद्योग सङ्घका केन्द्रीय अध्यक्ष तथा वीरगञ्ज उद्योग वाणिज्य सङ्घका कार्यवाहक अध्यक्ष सुबोधकुमार गुप्ताले अर्थमन्त्री युवराज खतिवडासँग उहाँकै कार्यकक्षमा भेटघाट गर्नु भएको छ ।
सङ्घका अध्यक्ष सुबोधकुमार गुप्ताले वीउवासङ्घ र नेपाल चामल, तेल र दाल उद्योग सङ्घका पदाधिकारी र उद्योगी व्यवसायीहरु बीच उद्योग र व्यवसायमा देखा परेका नीतिगत तथा व्यवहारिक समस्याहरुका सम्बन्धमा छलफलका लागि समय उपलब्ध गराउन अनुरोध गर्नु भएकोमा अर्थमन्त्री युवराज खतिवडाले यही पौष १८ गते समय उपलब्ध गराएको कुरा सङ्घका अध्यक्ष गुप्ताले बताउनुभयो ।

 

 

 

 

 

 

सोही क्रममा अध्यक्ष गुप्ताले नेपाल सरकारले पछिल्लो समयमा ल्याएका अव्यवहारिक ऐन, नीति, नियम, कानूनले निजी क्षेत्र माँझ ठूलो अन्योल सिर्जना गरेको छ । आर्थिक विकास तथा नेपाल सरकारले घोषणा गरेको “समृद्ध नेपाल, सुखी नेपाली” नारालाई सार्थक तुल्याउने प्रमुख संयन्त्रका रुपमा रहेका निजी क्षेत्रलाई खुला एवम् सहज वातावरण निर्माण गरी राष्ट्रिय अर्थतन्त्रलाई गतिशील एवम् जीवन्त पार्न सरकारी स्तरबाट सहजीकरण हुनु पर्नेमा सोको ठीक विपरीत एक पछि अर्को गरी नाना थरिका ऐन, कानून, नीति नियमका साँग्लाले बाँध्ने काम जसरी पछिल्लो केही समयदेखि भइरहेको छ, त्यसले निजी क्षेत्र मात्र नभई राष्ट्रिय जीवनका हरेक पक्ष नराम्ररी प्रभावित हुन पुगेको कुरा अर्थ मन्त्री खतिवडालाई अवगत गराउन चाहन्छु ।

 

 

 

 

 

त्यसै गरी अध्यक्ष गुप्ताले खुला सिमानाका कारण भारतबाट अबैध तबरबाट चामल आयात भइरहेको र मुलुकमा अत्याधिक मात्रामा चामल आयात भएको कारण स्वदेशी चामल उद्योगहरु धारासायी भएको कुरा बताउनुहुँदै चामल उद्योगहरुलाई संरक्षण गर्न चामल आयातमा १५ प्रतिशत महसुल लगाउन सुझाव दिनुभयो । सोही क्रममा विगतका वर्षहरुमा तोरी तेलमा मू.अ.कर छुट सुविधा दिई र मुसुरो दाल निकासीमा अनुदान प्रदान गरिएकोमा सो प्रावधान हटाईएकोमा तेल मिल र दाल मिलहरु धारासायी हुने अवस्थामा पुगेकोले पूर्ववत् व्यवस्था गरी संरक्षण गर्न अनुरोध गर्नुभयो ।

 

 

 

 

अर्थमन्त्री युवराज खतिवडाले सङ्घका अध्यक्ष श्री गुप्ताबाट प्रस्तुत मुद्दाहरुप्रति आपूm सकारात्मक रहेको बताउनुभयो । मुलुकको अर्थतन्त्रलाई गतिशील तुल्याउने दिशामा सरकार गम्भीर रहेको धारणा व्यक्त गर्नु हुँदै विद्यमान नीतिगत अस्पष्टतालाई समयसापेक्ष परिमार्जन गर्दै स्वदेशी उद्योगहरुलाई संरक्षण गर्ने प्रतिबद्धता जाहेर गर्नुभयो । कार्यक्रममा नेपाल चामल, तेल, दाल उद्योग सङ्घका पूर्व अध्यक्ष कुमुद दुगड, उपाध्यक्ष राम थापा, महासचिव दीपक कुमारको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here