कलैया,नेपाली काँग्रेसले नेपाल र नेपाली जनताको भावना र मर्ममाथि कुठाराघात हुने गरी राजा र राजतन्त्रको पक्षमा वकालत गर्दै सर्वुसाधारणलाई दिग्भ्रमित गर्ने खालका समाचार प्रसारण गर्ने भारतीय मिडियालाई नेपालमा प्रतिबन्ध लगाउन माग गरेको छ ।

मङ्गलवार नेपाली काँग्रेसको मधेस प्रदेश समितिका उपसभापति चन्द्रशेखरकुमार यादवसहितको टोलीले बारा र पर्साका प्रमुख जिल्ला अधिकारीहरूलाई ज्ञापन पत्र बुझाउँदै राजा र राजतन्त्रको पक्षमा वकालत गरिरहेका भारतीय मिडियालाई नेपालमा प्रतिबन्ध लगाउन माग गरेको हो ।बाराका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारी र पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई काँग्रेसले बुझाएको ज्ञापन पत्रमा नेपालको सार्वभौमसत्ता र अखण्डतामा आँच आउने गरी भारतीय मिडियाहरूले राजा र राजतन्त्रको पक्षमा वकालत गरेर सर्वसाधारण जनतालाई दिग्भ्रमित पारिरहेकाले नेपालमा ती भारतीय मिडियाहरूको प्रसारणमा रोक लगाउन माग गरेको पर्सा काँग्रेसका नेता एवं मधेस प्रदेशसभा सदस्य श्याम पटेलले बताउनुभयो ।

साथै काँग्रेसले गणतान्त्रिक व्यवस्थालाई कमजोर गर्नका निम्ति उन्मुलन भइरहेको राजतन्त्र फर्काउन पूर्व राजाका समर्थक केही अराजक व्यक्तिहरूले आफ्नो स्वार्थ सिद्ध गर्न आन्दोलनको नाममा गरेको विध्वंसको भत्र्सना पनि गरेको छ । काठमाडौँमा राजवादीहरूको नाममा गरिएको हिंसात्मक घटनाको छानबिन गरी दोषीमाथि कारबाही गर्न पनि काँग्रेसले माग गरेको पटेलले बताउनुयभो ।

Leave a Reply