कलैया,स्थानीय सुधार गृहमा राखिएका बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ९ रामपुरका प्रदीपप्रसाद मण्डलको कुटपिट गरी हत्या गर्नेमाथि कारबाहीको माग गर्दै स्थानीय र आफन्तले आइतवार कलैयामा प्रदर्शन गरेका छन ।
पीडित परिवारको अगुवाइमा रामपुरबाट निस्किएको विरोध ¥यालीका सहभागीहरुले कलैया बजार परिक्रमा गरी जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयअगाडि पुगेर कार्यालय घेराउ गरेका थिए । प्रदर्शनमा सहभागीहरुले पीडितलाई न्याय दे, हत्यारालाई कारबाही गर, पक्राउ परेकाहरुलाई सार्वजनिक गर जस्ता नारा लगाएका थिए ।पक्राउ परेकाहरु व्यक्तिहरु राजनीतिक पहुँचवाला भएको र सोही आधारमा उम्किन नपाउन भनेर दबाव स्वरुप प्रदर्शन गरिएको परिवारका सदस्यहरुले बताएका छन । प्रदर्शनपछि उनीहरुले दोषिमाथि कारबाहीको माग गर्दै प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीलाई ज्ञापन पत्रसमेत बुझाएका छन ।
ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी अधिकारीले हत्या गर्ने कसैलाई पनि छुट नदिने र कानुनको दायरामा ल्याएर कडाभन्दा कडा सजाय दिलाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।कलैया उपमहानगरपालिका १ स्थित नवजन्म पुनस्र्थापना केन्द्रमा भर्ना गरिएका मण्डलको गत बिहीवार राति कुटपिट गरी हत्या गरिएको थियो ।दुव्र्यसनमा फसेका मण्डललाई सुधार्न साहेबबाबु अन्सारीले सञ्चालन गरेको नवजन्म पुनस्र्थापना केन्द्रमा भर्ना गरिएको थियो ।कुटपिटमा संलग्न रहेका भनिएका ७ जनालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको जनाएको छ । सो घटनामा ९ जनाउपर किटानी जाहेरी परेकोमा तत्काल पक्राउ परेका ७ जनालाई बारा जिल्ला अदालतबाट ज्यान सम्बन्धी कसूर मुद्दा शीर्षकमा दिन ७ (सात) को म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको बाराका प्रहरी उपरीक्षक सन्तोष तामाङले जानकारी दिनुभयो । प्रहरीले नजिर सर्राफ, मोहम्मद आसिम मियाँ, सागर गुप्ता, परमेश्वर साह, अरुण सर्राफ, तामाना अलि र सर्फराज मन्सुरलाई पक्राउ गरेर कारबाही बढाएको हो । घटनामा फरार थप २ जना आरोपितहरूको खोज तलास भइरहेको पनि प्रहरीले जनाएको छ ।

















