सिमरा,वीरगन्ज युथ एकेडेमीले जीतपुरसिमरा ११ मा आयोजना गरिएको प्रथम वडा कप फूटबलको उपाधी जितेको छ । रामवन टाडी युवा क्लबलाई टाइब्रेकरमा ५–४ ले पराजित गर्दै वीरगन्ज युथले उपाधि उचालेको हो ।निर्धारित समयमा दुवै टिमले गोलरहित बराबरी खेलेपछि नतिजा टाइब्रेकरबाट निकालिएको हो । उपाधी विजेता वीरगन्ज युथले ५० हजार र उपविजेताले रामवन टाडी क्लबले २५ हजार नगद प्राप्त गरेको छ ।विजेता र उपविजेता खेलाडीलाई जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेल, वडाध्यक्ष विन्दालाल साह, जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्मालगायतले पुरस्कार वितरण गरेका थिए ।चैत २५ गतेदेखि सुरु भएको प्रतियोगितामा आठ टिमको सहभागिता रहेको थियो ।



















