निजगढ,निजगढ काब्य समाजले हिजो निजगढका माध्यमिक विद्यालयका विद्यार्थीहरुबीच नगरस्तरीय कविता प्रतियोगिताको आयोजना गरेको छ ।

निजगढ ७ स्थित सगरमाथा साकोसको सभा हलमा भएको सो प्रतियोगितामा प्रतियोगितामा गौरीशंकर मावि निजगढ ८ का अनुपराज उप्रेती प्रथम, बिद्यासागर बोडिङ्ग स्कुलका साहना पौडेल र ज्यास्मिन उप्रेती व्दितीय र तृतीय भएका छन ।

प्रतियोगितामा गौरीशंकर मा.वि.निजगढ ८, गौरी शंकर मावि सडकटोल, बिद्यासागर मा.वि, होलीएन्जल्स मावि, बकैया ठाकुर मावि., नेत्रोदय मावि.र सार्वजनिक माविमा कक्षा १० मा अध्ययन गर्ने ४२ जना बिद्यार्थीहरुको सहभागिता रहेको थियो ।

प्रतियोगिताको निर्णायकहरुमा भोला चौलागाई, सरु बस्नेत र अविनाश सापकोटा लगायत रहनुभएको थियो ।

काब्य समाजका अध्यक्ष रमेश तिमल्सिना (रसिक) को अध्यक्षतामा भएको सो प्रतियोगितामा कवि चेतप्रसाद ढकाल, निजगढ नगरपालिकाकी उपप्रमुख सोममाया थिङ्ग, वडा नंं ४ का पूर्व वडा अध्यक्ष जयराम कुमर, निजगढ साहित्य समाजका अध्यक्ष रामप्रसाद पराजुली, मुक्तिनाथ अधिकारी, राम प्रसाद ओझा लगायतमन् सहभागिता रहेको थियो ।

कवयत्री सरु बस्नेत र को विशेष सक्रियतामा कार्यक्रम आयोजना गरिएको हो ।

 

Leave a Reply