दुष्यन्त चौधरी
कलैया, ०५ मंंसिर । जिल्ला प्रहरी कार्यालय बाराले अहिले आफ्नो काम कर्तब्य लगलशिलताका साथ गरीरहेका छन् । जिल्ला प्रहरी कार्यालय बाराले जिल्लामा शान्ति सुरक्षाको प्रत्याभुति दिलाउनुको साथै हाल धमाधम रुपमा विभिन्न मुद्दामा फरार प्रतिवादीहरुलाई पक्राउ गर्दै गरेको बुझिएको छ । बुधबार मात्रै कुटपिट लुटपिट मुद्दाका फरार बाबु छोरा सहित तिन जना प्रतिवादीलाई पक्राउ गरेका बारे जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिए ।

 

जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरिक्षक रंजित सिंंह राठौरले दिएका जानकारी अनुसार बारा जिल्ला अदालतको मिति २०५७।०१।०५ गतेको फैसला आदेशले कुटपिट लुटपिट मुद्दामा जनही दुई सय ३० रुपैया जरिवाना लागी फरार रहेकालाई पक्राउ गरेको बताए । पक्राउ पर्नेमा विश्रामपुर गाउँपालिका वडा नम्बर १ बस्ने ६७ वर्षिय भन्नु हजरा दुसाद सहित उनको ३७ वर्षिय छोरा दुखी हजरा दुसाद र २४ वर्षिय छोरा तनेश हजरा दुसाद रहेको बारे जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरिक्षक राठौरले जनाए ।

 

 

सिमा प्रहरी चौकी छतवा बाराबाट खटिएको प्रहरी टोलीले लुकीछिपी बसेको अवस्थामा बुधबार फेला पारी पक्राउ गरेका छन् । बाबु छोरा सहित तिनै जनालाई बारा जिल्ला अदालतमा प्रस्तुत गर्दा उनीहरुमाथी लागेको जरिवाना रकम तिरी छुटेको बारे जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरिक्षक राठौरले सुनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here