सिमरा,बाराको जीतपुसिमरा उपमहानगरपालिका वडा नम्बर २ दशबिगाहामा रहेको सरस्वती आधारभूत विद्यालयका विद्यार्थीलाई एक दम्पतीले शैक्षिक सामग्री सहयोग गरेको छ ।आफ्नो १७औं वैवाहिक वर्षगाठको अवसरमा समाजसेवीद्धय उमेश चौलागाई र रिता कडेल चौलागाईले आइतवार शैक्षिक सामग्री प्रदान गरेकाहुन ।
यु आर गोल्ड प्रिमियम मसला चिया र यु आर अटोमेटिक लण्ड्रिका सञ्चालक चौलागाई दम्पतीले करिव १ लाख मूल्य बराबरको शैक्षिक सामग्री वितरण गरेकाहुन । उनीहरुले विद्यालयमै पुगेर १५० जना विद्यार्थीको लागि १ बर्षको लागि पुग्ने कपी, कलम, पेन्सिल, ईरेजर र कटर प्रदान गरेका थिए ।२०४९ सालमा स्थापना भएको विद्यालयमा करिव १५० जना विद्यार्थी अध्ययन गर्दै आइरहेका छन् । विद्यालयमा अध्ययनरत्त शिशु कक्षादेखि कक्षा ८ सम्मका विद्यार्थीलाई चौलागाई दम्पतीले शैक्षिक सामग्री प्रदान गरेको विद्यालयका प्रधानाध्यापक बाबुराम घिमिरेले बताउनुभयो ।
सामाजिक क्षेत्रमा सक्रिय चौलागाई दम्पतीले यसअघि पनि जिल्लाका विभिन्न स्थानमा सहयोग गर्दैआएका छन् । चौलागाई दम्पतीको २०६४ सालमा वैवाहिक सम्बन्ध कायम भएको थियो ।विद्यालय परिसरमा आयोजित शैक्षिक सामग्री वितरण कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ का वडा सदस्य एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विशाल घिमिरे, विद्यालयका प्रधानाध्यापक बाबुराम घिमिरे, व्यवस्थापन समितिका सदस्यहरु मनहरी अधिकारी, हेमराज न्यौपाने, भिमप्रसाद खकुरेल, निर्मला लामा, बिना बस्नेत लगायतको उपस्थिति रहेको थियो ।



















