निजगढ,निजगढ नगरपालिका ७ शिवनगर टोलस्थित श्री राम जानकी बचत समुहले मौलिक संस्कृतिझल्किने कार्यक्रमकासाथ सोमवार होली मिलन कार्यक्रम गरेको छ ।शिवनगर टोलमा भएको सो कार्यक्रमका परम्परागत भेषभूषामा सजिएका सहभागीहरुले मौकिल बाजा बजाउदै आपसमा अवीर र रंग दलेर होली मनाएका हुन । शुभकामना आदानप्रदान समेत गरिएको सो कार्यक्रममा समूहका अध्यक्ष हिृदय साह रौनियार, सचिव हरेन्द्र साह रौनियार र सदस्य उमेशकुमार स्वर्णकार लगायतका समूहका अन्य सदस्यहरूको सहभागिता रहेको थियो। समूहले स्थानीय स्तरमा बचत रकम संकलनसंगै सामाजिक कार्यसमेत गर्दैआएको छ ।



















