निजगढ,राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले निजगढका विनोद भारतीसहित थप ५३ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ । अध्यक्ष राजेन्द्र लिङदेनले पार्टीको विधान अनुसार सदस्यहरु मनोनित गर्नुभएको हो ।

मनोनीत हुने केन्द्रीय सदस्यहरुमा निजगढका भारतीसहित रामचन्द्र राय, तोरण गुरुङ, उद्धव पौडेल, चन्द्रबहादुर गुरुङ, दिपक सिंह, जयलाल पुन, प्रेम श्रेष्ठ, राजकुमार पोखरेल, भरतजंग उप्रेती, गुणराज राजभण्डारी, ईन्द्रबहादुर खत्री, लक्ष्मी संग्रौला, पर्शुराम तामाङ लगायत ५३ जना रहेका छन् ।

यसअघि पनि लिङदेनले केन्द्रीय सदस्य विस्तार गर्दै आउनुभएको छ । योसँगै पार्टीमा २४३ जना केन्द्रीय सदस्यको संख्या पुगेको छ । पार्टीको विधानमा २९९ जना सदस्य रहने उल्लेख गरिएको छ ।

पार्टीको बिहीवार बस्ने केन्द्रीय समितिको बैठक अघि नै लिङदेनले नयाँ केन्द्रीय सदस्यहरुलाई शपथ खुवाउनुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here