चन्द्रपुर,नेकपा एमालेका महासचिव शंकर पोखरेलले देशमा उत्पन्न अस्थिरताको अन्त्य गर्न एमाले र नेपाली कांग्रेस मिल्नु परेको बताउनुभएको छ ।प्रेस चौतारी नेपाल मधेस प्रदेशको रौतहटको चन्द्रपुरमा सोमवार भएको दोस्रो अधिवेशनको उद्धाटन कार्यक्रममा बोल्दै महासचिव पोखरेलले सो कुरा बताउनुभएको हो । ‘कांग्रेस र एमाले पहिलो पटक मिलेका होइनन, उहाँले भन्नुभयो, यी पार्टीहरु ०७र ०४६, ०६२-०६३ साल र संविधान बनाउने बेलामा पनि मिलेका थिए र अहिले पनि मिलेका छन ।’

महासचिव पोखरेलले मुलुकमा राजनीतिक स्थायित्व कायम गर्न, जनताको निराशा चिर्न र सुशासन कायम गर्ने योजनाका साथ प्रमुख पार्टीहरु मिलेको दाबी गर्नुभयो । उहाँले यसैको आधारमा सरकारले संसदमा ६ वटा अध्यादेश ल्याएको बताउनुभयो । उहाँले एउटैमात्र दलले चाहेको भए उक्त अध्यादेश ल्याउनसक्ने शंभावना नभएको उहाँको भनाई छ । उहाँले यस अर्थमा दुई पार्टी मिल्नुको औचित्य पुष्टि भएको पनि बताउनुभयो ।
कार्यक्रममा नेकपा एमाले मधेस प्रदेश इन्चार्ज लिलानाथ श्रेष्ठ, जनसंगठन समन्वय संयन्त्रका प्रमुख भानुभक्त ढकाल, प्रेस चौतारी नेपालका इञ्चार्ज राजेन्द्र गौतम, प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेत, सचिव कमल उपाध्यायलगायतले बोल्नुभएको थियो ।

यसैबीच समाजवादी प्रेस संगठनको केन्द्रीय सल्लाहकार रहेका वरिष्ठ पत्रकार शीतल साह प्रेस चौतारीमा फर्किनुभएको छ ।
साह विगतमा प्रेस चौतारीका तर्फबाट नेपाल पत्रकार महासंघको कोषाध्यक्ष रहिसक्नुभएको थियो । हाल उहाँ वृहत्तर जनकपुर क्षेत्र विकास समितिको अध्यक्षको जिम्मेवारीमा हुनुहुन्छ । उहाँसँगै उक्त संगठनका मधेश प्रदेश अध्यक्ष प्रवीण साहसहित कमिटी नै चौतारीमा फर्किएको छ ।

रौतहटको चन्द्रपुरमा आयोजित प्रेस चौतारी, मधेस प्रदेश प्रदेशको दोस्रो अधिवेशनको उद्घाटन समारोहमा उनीहरू चौतारीमा फर्किएका हुन् । उनीहरूलाई नेकपा एमालेका महासचिव शंकर पोखरेल, चौतारीका केन्द्रीय अध्यक्ष गणेश बस्नेत, वरिष्ठ नेता विश्वमणि सुवेदीसहितले स्वागत गरेको थियो ।

Leave a Reply