नेपालमा भ्रष्टाचारजन्य गतिबिधि नियन्त्रण गर्ने उद्देश्यले अख्तियार दुरुपयोग अनुसंधान आयोग स्थापना गरिएको छ । यसले आफ्नो काम पनि गरिरहेको छ तर भ्रष्टचार कम हुनुको सट्टा बढी रहेको देखिन्छ । अख्तियारको तथ्यांकले नै यो कुरा स्पष्ट पारेको छ । त्यसो त बारा जिल्लाको सवालमा अख्तियारको तथ्यांक खराब छ । बारामा अख्तियारमा भ्रष्टाचारको धेरै उजरी परेको छ ।

रोचक कुरा त के भने हिजो जनप्रतिनिधिहरु आउनुअघि पनि बारा भष्टाचरमा अगाडि नै थियो र अहिले जनप्रतिनिधि आएपछि पनि अगाडि हुनु भनेको लाजमर्दो कुरा हो । पाँच वर्ष स्थानीय तहमा शासक बनेका जनप्रतिनिधिहरुका बिरुद्धमा अख्तियारमा उजुरी परेको छ र त्यसको चांग धेरै छ । जनप्रतिनिधि भएपनि अख्तियारले छानबिन गर्दैन वा कारबाही हुदैन भन्ने भ्रम अन्त्य हुन आवश्यक छ ।

जनताको काम गर्ने र राजनीतिलाई समाजसेवा भन्नेहरुबाट नै भ्रष्टाचार जन्य गतिबिधि भएको छ । अख्तियारको तथ्यांकले यही कुरा प्रमाणित गरेको छ । अब सुध्रिने ठाउँ छैन । अब जनताले सुधार्न आवश्यक छ तर नयाँ आउने पनि यही हर्कत नगर्ला भन्न सकिन्न । त्यसैले पनि व्यक्तिगत लालच हुदासम्म भ्रष्टाचार मौलाउने निश्चित छ । यसको तत्काल निरुपणको संभावना भने धेरै कम छ ।

Leave a Reply