काठमाण्डौं,करिब एक महिना लामो बसाइपछि आइतवार दिउँसो काठमाडौंपूर्वराजा ज्ञानेन्द्र शाह करिब एक महिना लामो पोखरा बसाइपछि आइतवार दिउँसो काठमाडौं फर्किनुभएको छ ।उहाँ काठमाडौं फर्किने क्रममा हौसिएका राजावादीहरू सयौँको संख्यामा त्रिभुवन विमानस्थल क्षेत्रमा पुगेका थिए । काठमाडौं आएपछि सयौँ राजावादीहरू विमानस्थल क्षेत्र हुँदै ¥यालीसहित निर्मल निवासतिर लागेका थिए ।
पूर्वराजा शाह विमानस्थलबाट बाहिरिएछि गाडीबाट उठेर समर्थकलाई नमस्कार गर्दै हात हल्लाउनुभएको थियो । उहँको स्वागतमा सयौँ राजावादीहरूले नारा जुलुससहित ¥याली निकालेका हुन । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापा र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन पनि पूर्वराजा शाहलाई स्वागत गर्न विमानस्थल पुग्नुभएको थियो ।
संवैधानिक दायराभित्र रहन पूर्वराजालाई दलहरूको आग्रह
काठमाण्डौ – पूर्वराजा ज्ञानेन्द्र शाह विभिन्न कार्यक्रममा सहभागी भइरहँदा र राजावादीहरूले सक्रियता बढाउँदै गर्दा मुख्य दलहरू सशङ्कित भएका छन् । सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमाले तथा प्रमुख प्रतिपक्ष नेकपा (माओवादी केन्द्र) ले अराजक गतिविधि गरेमा प्रतिवाद गर्ने चेतावनी दिँदै पूर्वराजालाई संवैधानिक दायराभित्र रहन आग्रह गरेका छन् ।
विभिन्न कार्यक्रममा सहभागी हुने क्रममा प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वराजाले जबरजस्ती गर्न खोजे सह्य नहुने चेतावनी दिएका हुन् ।
अस्ति शुक्रवार कर्णाली प्रदेशसभालाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले राष्ट्रिय एकतामा भाँजो हाल्ने प्रयास भइरहेको भन्दै त्यसो नगर्न चेतावनी दिनुभयो । बिहीवार महोत्तरीमा कांग्रेस सभापति देउवाले गणतन्त्रमा राजतन्त्रको स्थान नभएको बताउनुभयो ।
यस्तै पार्टीको तराई–मधेश जागरण अभियानका क्रममा रौतहट पुगेका माओवादी अध्यक्ष प्रचण्डले राजतन्त्र ल्याउन खोजेर इतिहासको चक्का पछाडि फर्काउन सम्भव नभएको बताउनुभयो । राजावादीको गतिविधिका कारण काठमाण्डौ केन्द्रित कार्यक्रम गर्ने भन्दै माओवादीले हुलाकी राजमार्ग केन्द्रित एक महिने तराई–मधेश जागरण अभियान पनि स्थगित गरेको छ ।
पूर्वराजा ज्ञानेन्द्र शाह पछिल्लो समय विभिन्न सार्वजनिक कार्यक्रममा सहभागी भइरहनुभएको छ भने राजसंस्था पक्षधरहरूले सार्वजनिक राजनीतिक गतिविधि बढाउँदै लगेका छन् ।

















